काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूचीकाठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यक्रम छ ।आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको मन्त्रीले जवाफ दिने रहेको छ ।
यसैगरी आजकै बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक समितिको प्रतिवेदन, २०८० पेस कार्यसूची रहेको छ ।
यसैगरी, अर्थमन्त्री वर्षमान पुनले बैँक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।