काठमाडौं । भारत भ्रमणका रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । भेटवार्ता हैदरावाद हाउसमा हुने तय भएको छ।
प्रिितनिधिमण्डलबीचको वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ हुनेछ ।साथै नेपालमा निर्माणाधीन १३२ वटा स्वास्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्य दृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।
त्यसैगरी दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्त्वपूर्ण घोषणा हुने जनाइएको छ ।