काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज छापावाल सुन प्रतितोलाको एक लाख आठ हजार ९०० र तेजाबी सुन एक लाख आठ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो छापावाल सुन प्रतितोला एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।


