काठमाडौं । चितवनको भरतपुर महानगरपालिका मेयर पदमा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले गठबन्धनकी रेनु दाहाललाई पछि पारेका छन् ।
सुवेदीले गठबन्धनकी रेणु दाहालसँग ३ मतको अग्रता हासिल गरेका हुन्। सुवेदीले २ हजार ४ सय ६८ मत ल्याएका छन्। रेणुको मत २ हजार ४ सय ६५ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ८ सय ५ मत प्राप्त गरेका छन्। उनको उम्मेदवारी फिर्ता गराउन कांग्रेस सभापति शेरबहादुर देउवा आफैं सक्रिय हुँदा समेत सफल भएनन् ।