काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेको सदस्यमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।माघ १२ गते हुने निर्वाचनका लागि मंगलवार उम्मेदवारी मनोनयन गर्ने निर्वाचन कार्यतालिका छ
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान गठबन्धनको बैठक बसिरहेको प्रधानमन्त्रीका एक सहयोगीले जानकारी दिए ।बैठकले रिक्त हुन लागेको २० सीटका लागि हुने निर्वाचनमा भागबण्डा गर्ने तयारी गरेको छ ।
२० मध्ये एक सीट सरकारको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने कोटा हो १९ सीटमध्ये कांग्रेस आफूले १० सीट राखेर बाँकी ९ मध्ये माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीलाई समान ४ तथा जनता समाजवादी पार्टीलाई १ सीट दिन प्रस्ताव गरेकोे छ । माओवादीले ५ र जसपाले २ सीट दाबी गरेका छन् ।