काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।
मंगलबार दिउँसो कर्णाली र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कर्णाली र लुम्बिनी प्रदेशका एक(दुई स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।


