काठमाडौं । मन्त्रालय भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान ९ बजे बस्न लागेको हो ।
मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न मंगलबार साँझ बसेको बैठकमा सहमति कायम हुन नसकेपछि बैठक पुनः आज बिहान बस्न लागेको हो । सत्ता गठबन्धनमा रहेका दलहरुले मन्त्रालयबारे आफ्नो–आफ्नो दाबी नछोड्दा बिनानिष्कर्ष सकिएको थियो ।
हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गरेका थिए । उक्त मस्यौदामा आज छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए । न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने नेता लेखकले बताए ।


