काठमाडौं । मन्त्रालय बाँडफाँटमा भाग खोजेको समाचार आएपछि सर्वोच्च बार एशोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेटघाट गरेका छन् ।
सोमबार विहान भेटेका सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले समाचारका विषयमा चासो मात्र कुरा गर्न प्रधानन्यायाधीश निवास गएका थिए । उनीहरुले त्यो समाचार निराधार भने खण्डन गर्नुपर्नेमा जोड दिए । समाचार पूर्ण रुपमा असत्य रहेको बताउँदै त्यसको खण्डन गर्ने प्रधानन्यायाधीश जबराले बारका पदाधिकारीहरुसँग बताए । त्यसक्रममा जबराले उनको सिफारिसमा मन्त्री हुने चर्चामा रहेका नामहरु समेत लिए ।
जबराले भनेका छन्, ‘अब जुन नाम आएको छ, एउटा दीपक तिमल्सिनाको आयो । अर्को गजेन्द्र हमालको नाम आयो । गजेन्द्र हमाल भनेको त शेरबहादुर सरहका कांग्रेस नेता हुन् नि । मैले मन्त्री बनाउने पनि होइन ।