काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १० हजार २ सय ५८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २२ हजार ८ सय २८ जनामा गरिएको परीक्षणमा १० हजार २ सय ५८ जना संक्रमित भेटिएका हुन्।
आज एक जना संक्रमितको मृत्यु भएको छ भने ५ सय ६२ जना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमण यसरी उच्च गतिमा फैलिइरहे नेपालको स्वास्थ्य प्रणालीले धान्न नसक्ने र लकडाउन हुनसक्ने आँकलन गरिएको छ ।