काठमाडौं । आज गण्डकीमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
अध्यक्षको निर्देशनअनुसार आज बिहान संसदीय दलको बैठक बसेर सरकार छोड्ने निर्णय गरिने माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । गण्डकीमा चुमानको नेतृत्वमा माओवादी केन्द्र गत पुस २५ गते नेकपा ९एमाले० संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको थियो ।
“निर्देशन आइसक्यो, अब सरकारमा बसिरहने कुरा भएन । शुक्रबार दलको बैठक बसेर बाहिरिन्छौँ,” चुमानले भने । उनका अनुसार संसदीय दलले मन्त्रीको राजीनामा बुझाउने निर्णय गर्नेछ ।
माओवादीले सरकार छोडेपछि मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा पर्नेछन् । संविधानअनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।


