काठमाडौं । मिडियामा भाइरल मान्छेले नै वास्तविक रुपमा चर्चित हुन्छ भन्ने दृष्टान्त असत्य हुन सक्छ । यस्तै घटना पूर्वी नेपालको राजनीतिमा घटेको हो । अघिल्लो शुक्रबारबाट सुरु भएको एमाले सुनसरीको सातौँ अधिवेशनमा सर्वसम्मति जुटेन ।
अध्यक्षमा बहालवाला अध्यक्ष खेमराज पोखरेलसहित दुई पूर्व अध्यक्ष रेवतीरमण भण्डारी र द्वारिकलाल चौधरी इच्छुक भएपछि मंगलबार चुनाव भयो ।
१८०५ मतदाता भएको चु्नावमा बिजतेका भण्डारीको ९२० आएको छ भने उपबिजेता खेमराज पोख्रेलको ७३३ मत आयो । तर द्वारिकलाल चौधरीमा एक सय मत समेत कटाउन नसकेर रोकिए ।
स्थानीय चुनावबाट इटहरीको मेयर हुने समयसम्म जिल्ला अध्यक्ष भएका चौधरीको यत्ति कमजोर राजनीतिक प्रस्तुति हुनु आफैमा रोचक छ । यो मतरिणामलाई लिएर धेरैले चौधरीको राजनीति सोचेभन्दा कमजोर भएको तर्क सामाजीक संजालमा गरिहेका छन ।
जसमा रेवतीलाई रोक्न उमेद्वारी दिएका चौधरी आफै रोकिएका छन् । उनी पार्टी जनमतमा कमजोर देखिएका छन् । उनको भण्डारी रोकेर इटहरी भूगोलको नेता हुने तयारी समेत असफल भएको छ ।
एमाले सुनसरीको जिल्ला नेतृत्वमा हुँदा चौधरी कुनै गुटमा देखिनेगरि टाँसिने नेता थिएनन् । उनी कुनै एक गुटमा कट्टर हुने भन्दा सबैलाई मिलाएर लाने स्वभावका थिए । एमालेको जिल्ला राजनीतिमा सचिव, उपाध्यक्ष हुँदै अध्यक्षदेखि स्थानीय तहमा मेयर हुँदा सम्म उनको खास गुटीय उपस्थिति देखिन्थेन ।
उनी सुनसरी एमालेका हेभिवेट नेता भिम आचार्य निकट थिए । माधब गुटका आचार्यसँग निकट भएपनि उनी केन्द्रमा इश्वर पोखरेल नजिक भएको सुनसरीका एमाले नेताहरु बताउँथे । चौधरी अध्यक्ष हुँदाका हरेक जसो कार्यक्रममा प्रमुख अतिथिमा पोखरेल ल्याएकोले धेरैले यस्तो लख काट्थे ।
नेकपा गठनदेखि पुष ५ को केपी ओलीको संसद विघठनबाट बढेको फाटोमा चौधरी लगभग तटस्थै थिए । उपमेयर लक्ष्मी गौतम ओली पक्षमा खुलेर केन्द्रिय सदस्यमा मनोनित हुँदा चौधरी भने ओली र प्रचण्ड माधब दुवै गुटमा खुलेनन् । नेकपा फुटताका ‘तपाईँ कुन गुट’ भन्नेहरुलाई उनले आफू कुनै गुटको नभएर स्थानीय जनताले जिताएको मेयर मात्रै भनेर परिचय दिन्थे ।
अदालतले २०७७ फागुन २३ मा एमाले र माओवादी अलग गरेपछि भने उनी एमालेका कार्यक्रमहरुमा खुल्न थाले । एमाले सुनसरीमा दश बुँदे र संस्थापन बिचको बैैठक आफ्नो अध्यक्षतामा हुने फेसबुक पोस्ट गरेर उनी बागी देखिए ।
त्यसपछि चौधरीले आफूलाई माधब नेपालसँग निकट देखाउन थाले । उनले कात्तिक २६ गते चतराको यज्ञ उद्घाटन गर्न आएका माधब नेपालाई घरमा बोलाएर भोजन गराए । प्रदेश १ का मुख्यमन्त्री समेत रहेका नेकपा एसकासचिव राजेन्द्र राईले समेत चौधरीको घरमा भोजन गरे ।
नेकपा ९एमाले० र नेकपा एसको पानी बाराबारको अवस्थामा एमालेको चुनाव चिन्हबाट निर्वाचित र औपचारिक रुपमा नेकपा एस नरोजेका चौधरीले माधब नेपालाई घरमै स्वागत गर्दा इटहरी एमालेमा हल्लिखल्लि भयो । नेकपा एस इटहरी नामको फेसबुक आइडीबाट त चौधरी नेकपा एस प्रवेश गर्न लागेको समेत लेखिएको थियो ।
नेकपा एसका प्रदेश १ अध्यक्षसँग तस्बिर सार्वजनिक गरेको भोलीपल्टै घरमा केन्द्रिय अध्यक्षलाई भोजन गराएका चौधरीलाई एमाले केन्द्रले खासगरि अध्यक्ष ओलीले पत्याएनन् ।
ओलीले प्रस्ताव गरेको केन्द्रिय कमिटिमा चौधरी परेनन् । गत मंसिर १० देखी १४ सम्म भएको अधिवेशनमा नअटेपछि चौधरीले नेकपा एससँगको हिमचिम बढाए ।
।
इटहरीका प्रथम मेयर तथा हाल प्रदेश सांसद सर्वध्वज साँवालाई समेत बेलाएनन् । स्थानीय सरकारको ‘रातो किताब’मै नभएको परियोजना नेकपा एसका मुख्यमन्त्रीबाट शिलान्यास गर्नु र एमालेका निर्वाचित प्रतिनिधिलाई नबोलाउनुले चौधरीले नेकपा एसबाट चुनावी तयारी गरेको बताइयो ।
संग्रहालय उद्घाटनको ठिक चार दिनपछि चौधरीले माधब नेपालाई बोलाएर मंसिर २८ मा इटहरी १७ मा करिब २५ करोड लागतको भनिएको आँखा अस्पताल शिलान्यास गरे । १० कट्ठा क्षेत्रफलमा बनाउन भनेपनि जग्गाधनीलाई नसोधी शिलान्यास भएपछि विवाद चर्कियो । नेपाल र चौधरी दुवैको आलोचना भयो ।
माधब नेपालसँगको तारान्तार हिमचिको कारण चौधरीले कम मत ल्याएको एमाले सुनसरीका नेता बताउँछन् । इटहरी उपमहानगरको मेयर तथा जिल्ला अध्यक्ष भइसकेको नेताले सय मत समेत कटाउन नसक्नुले उनको जनमत खस्केको देखिएको छ ।