काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डप्रति लक्षित गर्दै मुख थुनेर होइन, बन्दुक तेर्स्याए पनि जनताको आवाज थुन्न नसकिने टिप्पणी गरका छन् ।
मंगलबार प्रधानमन्त्री सरिक कार्यक्रममा विरोध गर्नेहरुको प्रहरीले मुख थुनेको प्रसंगमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘हामीले गणतन्त्र ल्यायौं, संघीयता ल्यायौं, धर्मनिरपेक्षता ल्यायौं र त सबैले बोल्न पाएका छौं भन्नुहुने क.प्रचण्ड–हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?’ उनले भनेका छन्।
उनले चाँडोभन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउन आग्रह गरेका छन्। जुन सम्भव पनि रहेको उनको भनाइ छ। उनले थपे, ‘अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्। जो तपाईं स्वयंलाई सबैभन्दा राम्रो थाहा छ। ’


