काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव घोषणा गरेको छ। कम्पनीको यही पुस ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आईपीओ निष्काशन गरेपछि पहिलो पटक लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले पुस २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १८ गते बुक क्लोजको मिति समेत तय गरेको छ।