काठमाडौं । राष्ट्रपतिबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहालसँग वार्ता गर्न बालुवाटार पुगेका छन्। राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्न आइतबार बेलुका नेताहरु प्रधानमन्त्री निवास पुगेका हुन् ।
कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पुर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका हुन् ।
एक नेताकाअनुसार केहीबेरदेखि प्रधानमन्त्री दाहालसहित माओवादी नेताहरु र कांग्रेस नेताहरुबीच छलफल चलिरहेको छ । नेपाली कांग्रेसले राष्ट्रपति दल आफ्नो पार्टीले पाउनु पर्ने अडान लिँदै आएको छ । उता सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति आफ्नो वार्टीले पाउने सहमति यसअघि नै भइसकेकाले त्यसमा दाँयाबाँया नहुने टिप्पणी गर्दै आएका छन् ।


