काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेर विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा बनाउने निर्णय गरेको छ ।
बुधबार केन्द्रीय पार्टी कार्यालयमा बसेको पार्टीको बैठकले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टी र सांसद पदबाट निष्कासित गरी कंशाकारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको हो ।
व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टीले श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको छ । पार्टी सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको जानकारी दिए ।


