काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
आज एकसय भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। आज अमेरिकी एक डलरको खरिद दर १३० रुपैयाँ ५९ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ १९ पैसा निर्धारण भएको छ।
युरो १ को खरिद दर १४४ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ०८ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ १३ पैसा छ भने बिक्री दर १६४ रुपैयाँ ८८ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ १५ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ५५ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ९१ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ ३५ पैसा छ।


