काठमाडौं । आज नेप्सेमा दोहोरो अंकले बृद्धि भएको छ । आज परिसूचक १७.७० अंकले बढेर १९०६ विन्दुमा पुगेको हो।
नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ। दोहोरो अंकले बढेको सेयर बजारमा २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक २६.८५ अंकले घटेर १८८८.२९ विन्दुमा झरेको थियो। सो दिन २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँमा खरिदबिक्री भएको थियो।


