काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा उच्च अंकले गिरावट आएको छ । आज नेप्से २६.३६ अंकले घटेको हो ।
आज तीन सय चार कम्पनीको एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता सेयर किनबेच हुँदा अर्ब २४ करोड १४ लाख आठ हजार तीन सय ७९ बराबरको कारोबार भएको छ।
जलविद्युत् समूहको उपसूचक १.३ प्रतिशतले बढ्दा अरू सबै समूहको उपसूचक घटेका छन्। सबैभन्दा धेरै जीवन बिमा समूह २.४० र व्यापार समूह २.१४ प्रतिशतले घटेका छन्। आजको कारोबारमा तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।