काठमाडौं । नेपाल धितोपत्र बोर्डले अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको छ।
बोर्डले वैशाख १३ गते कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो। अब कम्पनीले ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।


