काठमाडौं । अब विदेश भ्रमणमा जाने नेपाली नागरिकले २५ सय डलर सटही सुविधा पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा यस्तो उल्लेख गरिएको हो । बैंकले भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर दुई हजार पाँचसम्म सटही सुविधा उपलब्ध गराउने जनाएको छ । हाल त्यस्तो सुविधा अमेरिकी डलर एक हजार पाँच सय बराबर मात्रै थियो ।
यसअघि वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै केन्द्रीय बैंकले न्यून मात्रामा मात्रै डलर सटही सुविधा पाउने व्यवस्था गरेको थियो ।


