टेक वाइबा लामा
लस एन्जल्स, क्यालिफोर्निया । क्यालिफोर्नियाको लस एन्जल्स शहरमा बसोवास गर्ने नेपाली समुदायले एक भब्य कार्यक्रमको आयोजना गरि नेपाल महोत्सब मनाएका छन् । । प्रवासमा नेपाल र नेपाली संस्कृतिलाई चिनाउने उद्देश्यले आयोजना गरिएको नेपाल उत्सव कार्यक्रममा सयौं प्रवासी नेपालीहरुको सहभागिता रहेको थियो ।
नेपाली पहिचान झल्किनेगरी विविध भेषभुषा तथा संस्कृति झल्किने पोशाकमा १९ माईल परेड गरिएको आयोजक संस्था हामी नेपाली ग्लोबलका उपाध्यक्ष टेक वाईवा लामाले जानकारी दिए । उपाध्यक्ष लामाका अनुसार नेपाल डे परेड कार्यक्रममा लोक तथा पन्चे वाजा, कुमारी, राधाकृष्ण, पन्चकन्या लाखे तथा नेपाली परिकारको रुपमा मःमः तथा चाउमिन प्रमुख आकर्षणको रुपमा रहेका थिए । कार्यक्रममा लस एन्जल्स शहरका अतिरिक्त आसपासका क्षेत्रबाट पनि नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको हामी नेपाली ग्लोबलले जनाएको छ । कार्यक्रममा नेपालको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल झल्किने बिभिन्न फोटो पनि प्रर्दशन गरिएको थियो । यो अमेरिकामा नेपाल चिनाउने कार्यक्रम हो ।

हामी नेपाली ग्लोबल संस्थालाई नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल देशको पर्यटन, शिक्ष,स्वास्थ्य, नेपालको विभिन्न ज़िल्लामा कृषि छेत्रको विकास र पर्यटन मार्फ़त संस्थाका बिश्वभर छरिएर रहेका राष्टप्रेमी नेपाली राष्टियतालाई शिरोधार्य गर्दै सगरमाथाको शानलाई बुद्ध जन्मेको देश नेपाललाई बिश्वमाझ चिनाउन आ–आफ़्नु कर्म र पसिना बगाइरहेका विभिन्न लिंग, जात, धर्म तथा राजनीतिक आस्थाबाट माथि उठेर कर्मजिवी नेपालीलाई सेवा, सद्भाव र पवित्र हृदयले भौतिक, सामाजिक, आर्थिक तथा मानविय सहयोग गर्ने संस्थाको मूल उद्देश्य हो, नेपाली संस्कृतिलाई संसारभरि फैलाउने उद्देश्यले विकास षप्रबर्द्धनको निम्ति नेपाल सरकारले हामी नेपाली ग्लोबल संस्थालाई स्वीकृति दिएको हुनाले हामीले विभिन्न देशहरूमा नेपाल फेस्टिवल आयोजना गर्ने लामाले बताए ।

यो नेपाल मार्च महोत्सव क्यालिफोर्नियास्थित सम्पूर्ण संघ संस्थाहरूको आयोजनामा पहिलो पटक अमेरिकाकै इतिहसिक होलीवुड नगरीयाको वाक एंड फ़्रेम स्थानमा नेपाल परेड, सम्पन्न भएको थियो, एनआरएनए क्यालिफोर्निया च्याप्टर, श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर लस एन्जलस नेपाल अमेरिका एकता समाज, फ़्रेरेन्ड्स अफ नेपाल लस एन्जलस, इन्टरनेशनल नेपाली लिटररी सोसाइटी एलए च्याप्टर,नेपाली जनसंपर्क समिति एलए च्याप्टर,अमेरिका नेपाल चेम्बर अफ कमर्स बौदिक संसार शैक्षिक एकेडेमी नेवाह अर्गनाइजेसन, सोकल च्याप्टर वर्ल्ड नेवाह अर्गनाइजेसन, क्यालिफोर्निया लस एन्जलस सोसाइटी तामाङ सोसाइटी सीए च्याप्टर, मगर समुदाया क्यालिफोर्निया लस एन्जलस,बौद्ध समाज एन,डब्लू जी, यन सीए च्याप्टर लसएन्जल्स,यफ़ वन समूह, सोसाइटी अफ अमेरिकन नेपाली नर्स, सीए च्याप्टर, प्रवासी नेपाली मञ्च, सीए च्याप्टर, ब्लड डोनर अफ अमेरिका, क्यालिफोर्निया मधेसी एसोसिएसन इन अमेरिका, सीए च्याप्टर, लस एन्जलस हिमालयन लायन्स क्लब सुदूरपश्चिमल समज यालिफोर्निया वाइड जोन, क्यालिफोर्निया उत्तरी नेपाली संघ क्यालिफोर्निया,नेपाली जनसंपर्क समिति उत्तरी क्यालिफोर्निया, सनी सगरमाथा समाज, एन ए यफ़ सी ए डेविस, नेपाली सामुदायिक केन्द्र उत्तरी क्यालिफोर्निया, तामाङ कोअपरेसन सोसाइटी उत्तरी क्यालिफोर्निया, विश्व नेवा संगठन, अमेरिका उत्तरी क्यालिफोर्निया,बुद्ध नेपाल शान्ति प्रतिष्ठान,क्यालिफोर्निया शेर्पा संघ,तमु समाज आदिवासी जनजातिको महासंघ क्यालिफोर्निया,नेपाली संघ ग्लोबल कोअपरेसन उत्तरी क्यालिफोर्निया,हिमालवन फाउन्डेसन,किरात याक्थुङ चुम्लुङ क्यालिफोर्निया,नेपाली महिला ग्लोबल नेटवर्क,क्यालिफोर्निया मगर संघ रचनात्मक नेपाल युवा संगठन, मातृभूमि नेपाल बर्कले अन्नपूर्ण, बर्कले मकालु , बर्कले लालीगुरास,फ्रेमोन्ट सगरमाथा, सान फ्रान्सिस्को बुद्ध अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज उत्तरी क्यालिफोर्निया, काष्टमण्डप लायन्स क्लब, सान्ता रोजा बिकल्प फाउन्डेशन झी नेवा अर्गनाइज़ेशन उत्तरी क्यालिफोर्निया,अन्तर्देशीय साम्राज्य नेपाली कल्याणकारी समाज अमेरिका नेपाल समाज क्यालिफोर्निया, सम्पूर्ण संग संस्थाको आयोजनामा भव्यतका सथ सम्पन्न भएको थियो ।



