काठमाडौं । निर्माण व्यवसायीहरूले आगामी असार ४ गतेभित्र सबै आयोजनाको म्याद थपको निर्णय नभए निर्माणसम्बन्धी सबै कामहरू ठप्प पार्ने चेतावनी दिएका छन् ।
महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो ।
महासंघका अध्यक्ष रवि सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा.प्रकाशशरण महतसँगको पटक–पटक छलफलमा यसबारे सहमति भएको तर अझै निर्णय नभएको बताए ।
अध्यक्ष सिंहले निर्माण उद्योग अर्थतन्त्रलाई चलायमान पार्ने उद्योगहरूको पनि उद्योग भएकाले त्यसको माग सम्बोधन गरेर अघि बढन सरकारलाई फेरी पनि खबरदारी गर्नु परेको बताए ।


