काठमाडौं । आजबाट कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको दम्पत्तीको नै उपचार खर्च व्यहोर्ने भएको छ ।
कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा १ लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आइरहेकोमा फागुन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति रपत्नीलाई समेत यो योजनामा समावेश गरिएको कोषले जनाएको छ ।
‘
‘साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आइएको उक्त योजनामा २०८० फाल्गुण १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति ÷ पत्नीलाई समेत समावेश गरिएको कोषले जनाएको छ ।


