काठमाडौं । आजबाट वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकले २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन् ।
‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्किएका नेपाली नागरिकले थप १ थान मोबाइल ल्याएमा कुनै महसुल नलाग्ने गरी वैशाख २६ गतेको मन्त्रिपरिषद्बाट निर्णय भएको छ,’ भन्सार विभागले जारी गरेको सूचनामा भनिएको छ । तर, यो सुविधा वैदेशिक रोजगारीबाट फर्केकाले मात्र पाउने विभागको भनाई छ ।
निजी प्रयोगका माल वस्तु सम्बन्धी आदेश २०७७ को पुरानो व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने गरी नयाँ व्यवस्था गरे पछि यो सुविधा अब प्रत्येक नेपालीले पाउन लागेका हुन्।
‘


