काठमाडौं । आजबाट सिटी होटलले आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि उक्त आईपीओ निष्कासन गरेको हो ।
सिटी होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । जसअनुसार प्रति सेयर १ सय अंकित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
यसैगरी कम्पनीले कर्मचारीहरूका लागि जारी पुँजीको ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा वैशाख ५ गतेसम्म आवेदन दिन सकिनेछ ।


