काठमाडौं । आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा करोबार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ घटेर कारोबार भएको छ ।


