काठमाडौं । विहीबार पनि शेयर कारोबार परिसूचक नेप्सेमा झिनो गिरावट आएको छ । आज नेप्से ३.२४ अंकले घटेको हो ।
विहीबार कुल ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता शेयर किनबेचबाट दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँको कारोबार भएको छ ।
यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।


