काठमाडौं । साताको अन्तिम कारोबार दिन विहीबार सेयरबजार परिसूचक ६.५५ अंकले बढेको छ।
आज ९६ लाख ३७ हजार कित्ता सेयर बिक्रीबाट ३ अर्ब १५ करोड १६ लाख बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज १४० कम्पनीको सेयर मूल्य बढेको, ९१ वटाको घटेको र १० वटाको उही मूल्यमा कारोबार भएको हो।
आज बोटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्रो र नेपाल रिपब्लिक मिडियोको सेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै गुराँस लघुवित्त, मानुषी लघुवित्तलगायको सेयर भने घटेको नेप्सेले जनाएको छ। सबैभन्दा बढी कारोबार भने सोनापुर मिनरल्सको १६ करोडको भएको छ।


