काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको प्रणालीले गर्दा आज मौसममा बदली रहेको छ। आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाकाको अनुरोध छ।
देशको उच्च पहाडी तथा हिमाली पहाडी भू–भागहरूका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।


