काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को नयाँ कार्यसमिति चयनका लागि गणेश कार्की समूहबाट भरत पराजुलीले उम्मेदवारी दर्ता गरेका छन । उनले मंगलबार राजधानीको हायत होटलमा उम्मेदवारी दर्ता गरेका हुन् ।
यस समूहबाट वरिष्ठ उपाध्यक्षमा मोहन डाँगीले उम्मेदवारी दिने भएका छन् भने ५ जना उपाध्यक्षमा आशिष गर्ग, भरतबहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी, उत्तम भ्लोन लामाले उमेद्वारी दिँदैछन् । यस समूहबाट महासचिव पदमा बलराम खतिवडाले उमेद्वारी घोषणा गरेका छन् ।
यस्तै, उप–महासचिवमा प्रकाशचन्द्र दुलालको उमेद्वारी घोषणा गरिएको छ । सचिवमा भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल र भरत नेपालले प्रतिश्पर्धा गर्दैछन् । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तले उमेद्वारी दिने तय भएको छ ।
सदस्य पदको ३ जना महिलामा शुसन बर्जाचार्य, सुमन जोशी र इशा श्रेष्ठको उमेद्वारी परेको छ । अन्य सदस्यका उमेद्वारमा उत्तरकुमार श्रेष्ठ, टिएन आचार्य, कुबेरमणि नेपाल, शंकर बश्याल, मिथुन पौडेल, भरत पराजुली र विजयमोहन भट्टराई छन् । सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका पराजुली ब्रम्हायणी हाइड्रोपावर कम्पनी प्रा. लि. का अध्यक्ष हुन् । उनले आफू यस क्षेत्रमा लामो समयदेखि कार्यरत रहेकाले आफ्नो विजय सुनिश्चित रहेको बताए ।


