काठमाडौं साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक (नेप्से) मा उच्च अंकले गिरावट आएको छ । आज नेप्से २७।२१ अंकले घटेको हो ।
आज कुल ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कुल २१ कम्पनीको सेयर मूल्य बढ्यो भने कुल २२५ कम्पनीको मूल्य घट्यो । २ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । सबै उपसमुह घट्यो । त्यसमध्य सबैभन्दा बढी नीर्जिवन बिमा २०६.३९ अंकले घट्यो । जिवन बिमा १३९.४७ र विकास बैंक ६९.३१ अंकले घट्यो । बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढ्यो । किसान लघुवित्त वित्तीय संस्थाको मूलय ८.२२ प्रतिशतले बढ्यो ।
कारोबार रकमको अधारमा हिमालयन रि इन्स्योरेन्स, एनआइसी एसिया बैंक अघि रहे ।


