काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना तिमिल्सिनाले वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्नैपर्ने बताएकी छिन् । उनले लघुवित्तका ऋणीको ऋण मिनाहा हुन्छ भन्दै कोही पनि हिँड्न नहुने बताइन् ।
बुधबार आईबीएन मिडिया एन्ड रिसर्चले आयोजना गरेको ‘लघुवित्त क्षेत्रका वर्तमान समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले लघुवित्त पनि नियम मिचेर लगानी गर्न उत्साहित हुन नहुने बताइन् ।
“केही लघुवित्तले गर्दा लघुवित्तको इमेज बिग्रयो । एउटै व्यत्तिलाई धेरै लघुवित्तले ऋण दिँदा पनि समस्या निम्तिएको हो,” उनले भनिन्, “तर, यसरी कारोबार गर्ने १२÷१३ प्रतिशत लघुवित्त छन् । महिला आर्थिक सशक्तीकरणका लागि लघुवित्तलाई खुकुलो छोडेका हौँ । अहिले लघुवित्तलाई राष्ट्र बैंकले सुधार गर्न केही कसेको हो ।”


