काठमाडौं । आजबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैतडीको झुलाघाटबाट महाकाली–मेची अभियानको सुरुवात गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान अभियानको उद्घाटन गरेका हुन् ।
जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको बताउँदै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने बताए । उनलृ भने, ‘यो यात्रा आमजनताको राष्ट्रिय शक्ति निर्माणको सन्दर्भमा जागरण अभियान पनि हो। यसले राष्ट्रिय शक्ति निर्माण गर्न राष्ट्र, जनता र परिवर्तनको हितमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ । ’
झुलाघाटबाट सुरु भएको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ ।


