जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ । उनले सोमवार बिहान बुलेटिन जारी गर्दै आगामी ३ दिनको मौसम पूर्वानुमान गरेको हो ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर रहेको विभागले जनाएको छ ।
विभागका अनुसार सोमवार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ राति भने प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागको पूर्वानुमान छ ।
देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।


