काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।
बैठक सभापति निवास बूढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने तय गरिएको छ । संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ ।


