काठमाडौं । आज अपरान्ह १२ बजे नेपाली कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से बस्ने तय भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको बताए ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संसदीय दलको बैठकअघि अनजै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दै छ ।सङ्घीय संसद् भवनको शङ्कर हलमा बिहान १०ः३० बजे बैठक बस्ने छ ।


