काठमाडौं । सूर्यज्योति लाइफ कम्पनीको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन्। उनलाई सञ्चालक समितिको यही पुस ७ मा बसेको बैठकले नियुक्त गरेको हो ।
भट्टराईलाई नै कम्पनीको अध्यक्ष पदमा चयन गर्ने सर्वसम्मत निर्णय भएको कम्पनीले जनाएको छ। सोही दिन उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालज्यू समक्ष पद तथा गोपनियताको शपथ लिएको कम्पनीले जनाएको छ।
तत्पश्चात् सोही दिन अपराह्न बसेको सञ्चालक समितिको ३३४औँ बैठकमा अध्यक्ष भट्टराईले सञ्चालकहरु नन्द किशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्त कुमार अग्रवाल एवं प्रिया तायललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।


