काठमाडौं । सर्वोच्च अदालतमा कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट न्यायाधीशद्वय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।
यसअघि हिजो न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा पेसी तोकिए पनि उनीहरुले हेर्न नमिल्ने भएका कारण सुनुवाइ हुन सकेको थिएन।
यसअघि असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै आइतबारका लागि सुनुवाइको मिति तोकेको थियो।
कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्ति गर्ने निर्णय बदर गर्न माग गर्दै पूर्वमुख्यमन्त्री एवम् एमाले नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।


