काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार घुससहित वडा सचिवलाई नियन्त्रणमा लिएको छ । आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का सचिव अजय कुमार साहलाई आज नियन्त्रणमा लिएको हो ।
उनले सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग अनावश्यक दुःख–हैरानी दिई घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले साहलाई सोही वडास्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।


