काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकताका लागि अपील गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको शुभकामना दिँदै उनले मुलुक विकास, समृद्धि, स्थिरता र सुशासनको अभ्यासको चरणमा प्रवेश गरेको भन्दै जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणसहित समाजवादको आधार निर्माण अभियानमा सहभागी हुन उनले अपील पनि गरेका छन् ।
शान्ति, समृद्धि र स्थायित्वको जिम्मेवारी पूरा गर्ने दायित्व आफूहरूको काँधमा भएको भन्दै प्रधानमन्त्री प्रचण्डले वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणामस्वरूप चुनावबाट गठबन्धनको पक्षमा जनमत प्राप्त भएको जिकिर गरेका छन् ।
‘


