काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कावासोती–१३,का बीमित स्व कमलापति काफ्लेको श्रीमती पेमा कुमारी अधिकारी काफ्लेलाई मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ ।
कम्पनीका नारायणघाट शाखा प्रमुख ओमकार सिग्देलले २३ लाख ३ हजार ३ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा शाखा प्रमुख ओमकार सिग्देलले बीमा बचत सहित जीवनमा आईपर्ने यस्ता अप्रत्यासित घटनाले आश्रित परिवारमा हुने आर्थिक क्षतिको बलियो आधार हुने हुँदा उपस्थित सबैले आफ्नो लागि उचित हुने बीमा गर्नुपर्ने बताए ।


