काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले बिगमार्टमा छुट पाउने भएका छन् ।
बैंकको क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकहरुले बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम ३०० सम्म छुट पाउने व्यवस्था गरेको हो। उक्त छुट योजना यहि माघ महिनाभरी मात्र लागू हुने बैंकले जनाएको छ ।
बैंकका अनुसार जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु प्रदान गरिनेछ ।


