काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा मधेस र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ ।
मधेस प्रदेशअन्तर्गत सिरहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुर स्वास्थ्य चौकीमा १७० र गण्डकीको म्याग्दीस्थित अन्नपूर्ण गाँउपालिका–६, पोखरे आधारभुत विद्यालयमा १८० जना महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।


