काठमाडौं । भारतबाट मूल्य घटेर आएकाले नेपाल आयल निगमले पनि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको हो ।
मूल्य घटेपछि सोमबार राति १२ बजेदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम भएको छ ।
त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल १५३ रुपैयाँ कायम भएको छ ।


