काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थतन्त्रमा आशा जगाउने काम गरेर देखाउने प्रण गरेका छन् ।
उनले बुधबार राति सिंहदरबारमा अर्थमन्त्रीको कार्यभार ग्रहण गर्ने क्रममा यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् ।
‘प्रधानमन्त्रीले मलाई विश्वास गरेर यो जिम्मेवारी दिनु भएको छ। जनतालाई निराश हुन नदिने गरी अर्थ मन्त्रालयको टिमलाई विश्वासमा लिएर काममा लाग्नेछु।’
पुनले आफू जनमुखी काममा होमिने पनि बताएका छन्। उनले पहिले पनि यही मन्त्रालयमा काम गरेकाले त्यो अनुभव आफ्ना लागि फाइदाजनक हुने बताए।


