काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिमाप्रति जनताको विश्वास बढाउन नियामक निकायले उचित भूमिका खेल्नुपर्ने बताएका छन् । मन्त्री महतले सोमबार नेपाल बिमा प्राधिकरणको ५५औं वार्षिकोत्सवको अवसरमा बोल्दै यस्तो बताएका हुन् ।
“नियामक निकायले नियामकीय क्षमता देखाउनु पर्छ । हाम्रो देशमा बिमा कति कम्पनीको आवश्यक हो रु हामीले पहिचान गर्नुपर्छ । मुलुकमा यति धेरै बिमा कम्पनी हुनुपर्ने आवश्यक थिएन,” उनले भने, “बिमाको आधुनिकीकरण आवश्यक छ । परम्परागत पाराले चल्दैन । नियमकको काम प्रभाकारी हुनुपर्यो।”
बिमा क्षेत्रमा जिम्मेवारी, जवाफदेहीता र पारदर्शिता आवश्यक रहेको पनि उनले बताए । मार्केटिङ गरेअनुसार सहज रूपमा भुक्तानी गर्न पनि बिमा कम्पनीलाई उनले निर्देशन दिए ।


