काठमाडौं । पछिल्लो २४ घण्टामा ५३ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार देशभर १ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५० तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो केही दिनदेखि कोरोना संक्रमण दर कम हुँदै गएको छ । हाल नेपालमा देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय २७ मात्र छ ।


