काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र मधेश प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतको सरुवा भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बेठकले अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा लगेर थन्काएको छ भने कृष्णबहादुर राउतलाई सञ्चार सचिवमा ल्याइएको छ । सचिव अर्यालले केही महिनाभित्रै अवकाश पाउँदैछन् ।
राउत सञ्चारमा आएसँगै दुई वटा प्रदेश प्रमुख सचिवविहीन बनेका छन् । कोशी प्रदेशबाट गत भदौमा गृहमा विनोद सिंहलाई भित्राइएसँगै झण्डै ६ महिनादेखि प्रमुख सचिव विना नै चलिरहेको छ भने मधेश प्रदेश पनि प्रमुख सचिवविहीन बन्न पुगेको हो ।


