काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से केही उकालो लागेको छ । आज नेप्से १०.२३ अंकले बढेको छ ।
२७६ धितोपत्रको ४३ लाख १४ हजार ४१७ कित्ता खरिद–बिक्री हुँदा आज एक अर्ब सात करोड रूपैयाँको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ समूहगतमध्ये हाइड्रोपावर समूहको परिसूचक घटेको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबारले सबैभन्दा बढी हिस्सा ओगटेको छ । यो कम्पनीको आठ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।


