काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले मुलुकको अर्थतन्त्र सकारात्मक रुपमा सुधार भएको सन्देश दिनुपर्ने बताएका छन् ।
अध्यक्ष ढकालले आज वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले जिम्मेवार व्यवसायी र व्यक्तिहरुले सबैतिर नकारात्मक अवस्थाको सन्देश दिँदा वातावरण थप बिग्रने अवस्था भएको दाबी गरे । उनले पछिल्लो एक वर्षका अर्थतन्त्रका धेरै सूचकहरुमा सुधार भएको भन्दै अब थप सुधार हुँदै जाने आशा रहेको जिकिर गरे ।


